पर्वत । पिङ खेल्ने क्रममा पिङबाटै खसेर पर्वतमा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन विष्टका अनुसार जिल्लाको कुश्मा नगरपालिका १ पाङस्थित ततरकोटका २४ वर्षीय संजय परियारको मृत्यु भएको हो। मंगलबार साँझ करिब ५ बजेको पिङ खेल्दै गर्दा हात फुस्किएर जमिनमा बजारिएका परियारको टाउकोमा गम्भीर चोट लागेको थियो।…