हेटौँडा । मकवानपुरमा एलिसा न्यौपानेको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। यही भदौ भदौ १० गते मकवानपुरको हेटौँडा-१० बसपार्कमा रहेको रत्ना होटलमा एलिसा मृत फेला परेकी थिइन्। घटनापछि फरार ३२ वर्षीय समीर खानलाई हेटौँडा-५, लट्टिनाथ मन्दिर परिसरबाट सोमबार साँझ ६ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी…