२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

वर्षायाममा सताउने पानीजन्य रोगहरु र जोगिने उपाय

वर्षायाम सुरु भएको छ। पानी परिरहने, पानी जम्मा हुने र पानी दूषित हुने भएकाले यस्तो बेला विभिन्न सरुवा रोगको जोखिम हुन्छ।  वर्षातको समयसँगै धेरै ठाउँहरुमा डुबान, बाढी तथा पहिरोले गर्दा पानीको स्रोतहरु दुषित हुन्छन्। दुषित पानीका कारण हैजा, झाडापखाल, टाइफाइड, हेपाटाइटिस 'ए', हेपाटाइटिस 'ई' लगायतका सरुवा रोगको संक्रमण बढ्न सक्छ। त्यसैगरी आँखा पाक्ने समस्या, छाला…