गुल्मी ।गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मुसिकोट नगरपालिका-२ का ३१ वर्षीय बोमबहादुर कार्की छन् । कार्की निस्ती खोला तर्ने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए । कार्कीलाई शनिबार बेलुकी इस्मा गाउँपालिका-१ निस्ती खेतबाट फर्किने क्रममा खोलाले बगाएको हो । मुसिकोट नगरपालिका-१…