काठमाडौं ।नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् । तर उनलाई अर्का उम्मेदवार शेखर कोइरालाले पछ्याइरहेका छन् । राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो । हालसम्म ११०० मतको गणना भएको छ, जसमा देउवाले ५२२ मत पाएका छन् भने डा। शेखर कोइरालाले ४१९ मत पाएका छन् ।…