काठमाण्डौ ।अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या दश पुगेको छ ।बोल्डर सहरमा रहेको किङ्ग सुपर ग्रोसरी स्टोरमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका बीबीसीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनलाई चोट लागेकाले उपचार भइरहेको खबरमा उल्लेख छ । आक्रमण के कारणले भयो भन्नेबारे खुलेको छैन ।