काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार साँझ अध्यक्ष रोहण गुरुङको घरमा भएको विष्फोटको तत्काल छानबिन गर्नको लागि सरकारसँग माग गरेको छ। संघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै विष्फोटको छानबिन गर्न र दोषीलाई कारबाहीको दायारामा ल्याउन माग गरेको छ। संघका कार्यबाहक अध्यक्ष रामप्रसाद भान्तानाले जारी गरेको विज्ञप्तिमा अज्ञात समूहले ठूलो विष्फोट गराएको दाबी गरिएको छ।…