काठमाडौं । ३०३ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन बाइसे-चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ। गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ठ पुत्रका रूपमा १७७९ पुस २७ गते पृथ्वीनारायणको जन्म भएको थियो। टुक्रे राज्यलाई समेट्ने क्रममा १८२५ मा इन्द्रजात्राका दिन आक्रमण गरी…