काठमाडौं ।आज यस वर्षको साउन महिनाको पहिलो सोमवार । हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन् । साउने सोमवारका दिन सुदूरपश्चिमका विभिन्न शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण शिवालयमा दर्शनार्थीको उपस्थिति न्यून छ । साउने सोमवारको व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।…