२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

सुन्तलाका दाना झर्न थालेपछि अर्घाखाँचीका किसान चिन्तित

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ मा सुन्तलाका दाना झर्न थालेपछि किसान चिन्तित बनेका छन् । केराउको दाना जत्रा हुँदादेखि नै शुरू भएको सुन्तलाको दाना झर्ने क्रम अझै नरोकिएको स्थानीय अगुवा किसान निमानन्द भुसालले बताउनुभयो । आफ्नो बगैँचामा रहेका ३ सयभन्दा धेरै सुन्तलाका बोटमा लटरम्म दाना लागेकोमा झन्डै आधा दाना झरिसकेका उहाँको भनाइ छ…