घोराही (दाङ) ।नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । जिल्लाको गढवा गाउँपालिका-६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो । पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनमा पञ्चेबाजा बजाउन केन्द्रका प्रतिनिधि सहभागी हुन थालेका केन्द्रका…