काठमाडौं ।नेपाली कांग्रेसले नियमित महाधिवेशन गर्न नसकेर विधानविपरीत चलिरहेका १० वटा भ्रातृ संस्थाको म्याद थप गरेको छ। बुधबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल दलित संघसहित १० भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय गरेको हो। बैठकले ती भ्रातृ संस्थाहरुको महाधिवेशन सम्पन्न…