काठमाण्डौ । नौबिसे– मुग्लिन र नारायणगढ–मुग्लिन सडक खण्ड झन्डै १४ घण्टापछि सञ्चालनमा आएको छ । कुरिनटारबाट एक किलोमिटर मुग्लिनतर्फ ठूलो पहिरो खस्दा गए राति ११ बजेदेखि बन्द भएको नारायणगढ मुग्लिन र नौबिसे –मुग्लिन सडक खण्ड अहिले सञ्चालनमा आएको प्रहरीले जनाएको छ । पहिरो हटाइए पनि १४ घण्टादेखि लागेको गाडीको लामो लाइन व्यवस्थापनमा समस्या भइरहेको प्रहरी…