काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाण्डौ अब फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताउनुभएको छ । आज शुक्रवार सहरी विकास मन्त्रालयमा भएको ल्यान्डफिल्ड साइट बञ्चरे डाँडा र सरकारवाला निकायहरूबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले काठमाण्डौ उपत्यकामा जम्मा भएको फोहोर व्यवस्थापन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काठमाण्डौ…