गुल्मी । गुल्मीमा खोलाले बगाउँदा किशोर बेपत्ता भएका छन्। चन्द्रकोट गाउँपालिका ८ मजुवाका मनबहादुर कुमालका छोरा १६ वर्षीय असिम कुमाललाई खोलाले बगाएको हो। आइतबार बिहान साढे ८ बजेतिर माछा मार्ने क्रममा कुमाललाई स्थानीय बडिगाड खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी, डीएसपी शंकर पोखरेलले जानकारी दिए। प्रहरी चौकी मजुवाका प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको…