लुम्बिनी ।रूपन्देही सियारी गाउँपालिका-३ का भिखुप्रसाद थारूले तीन दशकको पखाईपछि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाए। लामो समयदेखि लालपुर्जाको आसमा बसेका थारूले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबाट लालपुर्जा ग्रहण गरेका हुन्। ‘धेरै वर्षपछि लालपुर्जा पाइयो, खुसी लागेको छ’, उनले भने। नापी कार्यालय रूपन्देहीले आइतबार सियारी गाउँपालिकाभित्रका ५ सय ५३ घरपरिवारलाई गाउँ ब्लक जग्गाको…