१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

पण्डितपुरमा पानीको मूलसहित स्क्वायर दरबार भेटियो

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोलनगर) मा भएको दोस्रो चरणको उत्खननले महत्त्वपूर्ण संरचना प्राप्त गरेको छ । पुरातत्व विभागको टोलीले गरेको पछिल्लो अनुसन्धानबाट त्यहाँ एक भव्य ‘स्क्वायर’ (वर्गाकार) दरबार को भग्नावशेषसँगै दरबारभित्रै पानीको प्राकृतिक मूल र आधुनिक शैलीको स्नानगृह जस्तो संरचना फेला परेको हो । उत्खननका मुख्य प्राप्तिहरूपुरातत्वविद्…