कपिलवस्तु । प्रहरी निरीक्षक (इन्सपेक्टर) कृष्ण प्रसाद घिमिरे उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत घिमिरे साउन महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) छनौट हुनुभएको हो । सांगठनिक नीति–निर्देशन बमोजिम प्रदान गरिएको पेशागत जिम्मेवारी तथा पदीय दायित्वलाई पूर्ण व्यवसायिकताका साथ निर्वाह गर्दै कार्यालयको केन्द्रीय अनुसन्धान इकाई, साइबर इकाई…