दाङ ।तुलसीपुर उपमहानगरपालिका-४ मुलकोटमा रहेको सिद्ध चमेरे गुफासम्म पुग्नका लागि मोटर बाटो सहज नहुँदा र प्रचारप्रसार अभावका कारण गुफा ओझेलमा परेको छ। करिब साढे दुई दशकपहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्न सके बाह्य तथा आन्तरिक पर्यटकको प्रवर्द्धन हुने स्थानीयको भनाइ छ। चारतिर जंगल रहेको र सोही जंगलसँगै विकट स्थानमा पहाडको फेदमा रहेको…