काठमाडौं ।नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा विवादबीच नै वडा अधिवेशन सुरू गरिएकोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध गरेका छन्। जिल्ला सभापति कर्णबहादुर मल्ललगायतको विरोधबीच पनि आज वडा अधिवेशन भइरहेको छ। मल्ल पक्षले अधिवेशनमा भाग लिएका छैनन्। विवाद समाधान गरेर मात्र अधिवेशन गर्न वरिष्ठ नेता पौडेललगायत उनी पक्षका नेताले बालुवाटार पुगेर…