काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेकपामै रहेको बताएका छन्। सेतोपाटीसँगको कुराकानीमा उनले आफूले नेकपा परित्याग नगरेको पनि बताए। ‘मैले पार्टी छाडेको छैन, अहिले पनि म नेकपामै छु, मैले नेकपामै रहेर समाजवादी जागरण अभियान थालनी गरेको हो,’ उनले भने, ‘अरू धेरै साथीभाइहरू विभिन्न पार्टीमा छन् र पार्टीमा रहँदारहँदै यो अभियानमा संलग्न…