काठमाडौं ।संविधानसभा सदस्य परिषद् नेपालले गैरसंवैधानिक तरिकाले गरिएको प्रतिनिधिसभा विघटन भएको भन्दै यसलाई खारेज गर्न माग गरेको छ । प्रतिनिधिसभा विघटनलाई परिषद्ले निरंकुश कदम रहेको ठहर गरेको छ । त्यस्तै, नेपालको संविधानमाथिको नांगो हस्तक्षेप र आक्रमण भएकोसमेत बताएको छ । ‘मुलुकलाई थप जटिलतातर्फ जान नदिन, संविधानको रक्षा गर्न, उपलब्धिहरूको जगेर्ना गर्न, कानुनी राज्य स्थापना गर्न,…