काठमाडौं । तत्कालीन संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङको संसद विघटनका बारेमा नबोल्नु र निरिहता देखेर दया लागेको नेपाली कांग्रेसका नेता गगन थापाले टिप्पणी गरेका छन्। संविधानसभामा अध्यक्ष भएको नाताले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा असंवैधानिक हो भन्नुपर्नेमा नेम्वाङ लुकेर बसेको थापाको भनाइ छ। सामाजिक सञ्जालमा लेख्दै…