काठमाडौं । विश्व एथ्लेटिक्स महासंघका पूर्वप्रमुख लामिने डिएकलाई दुई वर्षको जेल सजाय भएको छ । ८७ वर्षीय सेनेगली डिएकले रसियन डोपिङ स्क्यान्डलसँग जोडिएको भ्रष्टाचार र मनी लाउन्डरिङ प्रमाणित भएपछि २ वर्ष जेल सजाय र ५ लाख पाउण्ड जरीवाना तोकिएको छ। डिएकमाथि डोपिङ टेष्ट गरेका खेलाडीहरुको डोपिङ नतिजा ढाक्न खेलाडीबाट घुस लिने गरेको आरोप लागेको थियो…