आईसीसी क्रिकेट विश्वकप लिग–२ मा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ । ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो । २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभर ४ बलमा २११ रनमै समेटियो । रोहितले १०१ रनको योगदान…