६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

लंका यातायातको बोर्ड फालिएपछि …….


१९ जेष्ठ २०७४ शुक्रबार ००:००  

0
Shares

लंका यातायातको केन्द्रीय कार्यालय

अर्घाखाँची जिल्लाबाट सेवा सुरु गरेको केही दिनमै लंका यातायात र देउराली यातायात विच खटपट शुरु भएको छ ।
अर्घाखाँची जिल्लाबाट काठमाण्डौ र बुटवलसम्मको लागि यातयात सेवा प्रदान गर्नेगरी सेवा शुरु गरेको केही दिनमै विवाद सृजना भएको हो ।

वाटोमा गाडी राखेर सडक अवरुद्ध गर्दै लंका यातायातको स्कारपिओ

स्कारपिओ गाडीहरु मार्फत सेवा सुरु गरेको यातायातले सन्धिखर्क पुरानो बसपार्क र चुत्रावेसी बजारमा टिकट काउन्टर खोलेको थियो । चुत्रावेसीमा रहेको टिकट काउन्टरको वोर्ड चाइतिएपछि विवाद सिर्जना भएको हो ।

विवाद भएपछि भक्तिटोल चोकमा लागेको भिडभाड

चुत्रावेसी भक्तिटोल चोकमा राखिएको वोर्ड देउराली यातायात व्व्यवसायी समितीले नियतबस च्यातेको आरोप लगाउदै लंका यातायातले विहान केहीबेर चुत्रावेसीमा सडक अवरोध गरेको थियो । देउराली यातायातले भने आफुहरुले बोर्ड च्यात्नुपर्ने कुनै कारण नभएको भन्दै अनावश्यक विवाद नगर्न अनुरोध गरेको छ ।
केही समयदेखी देउराली यातायातका हाइसहरुले सन्धिखर्क, काठमाण्डौ र बुटवलका लागि हाइसहरु संचालन गरिरहेकोमा सोही रुटमा लंका यातायातले पनि सेवा संचालन गरेपछि दुइ पक्षविच विवाद सृजना भएको हो । आफु विधानसम्म दर्ता भएर आएका कारण निर्वाध रुपमा संचालन हुन पाउनुपर्ने अडान लंका यातायातको रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७४ शुक्रबार ००:००  ४ : ५३ बजे