१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एपिएलको उपाधी सुपर सुपालाई


२० जेष्ठ २०७४ शनिबार ००:००  

0
Shares

पहेलो जर्सीमा सुपर सुपाका खेलाडीहरु

अर्घाखाँचीम सम्पन्न अर्घाखाँची प्रिमियर लिग एपिएलको उपाधी सुपर सुपा इलेभेनले हात पारेको छ ।
सन्धिखर्कमा आज भएको फाइनल खेलमा एडभान्स अर्घाले दिएको १२६ रनको लक्ष्य पछ्याएको सुपाले दुई विकेट बाँकी छँदै लक्ष्य पुरा गरेको हो ।
टस जितेर फिल्डीङ्ग रोजेको सुपर सुपालाई अर्घाले सवै विकेट गुमाएर १२६ रनको लक्ष्य दिएको थियो । १२६ रनको लक्ष्य निर्धारण गर्ने क्रममा एडभान्स अर्घाका कप्तान विक्रम कुमार भुसाल ८ रनमा आउट हुँदा मनोज सापकोटाले ४४ रन जोडेका थिए ।
१२६ रनको लक्ष्य पछ्याउने क्रममा सुपर सुपाका कप्तान त्रिभुज कार्कीले महत्वपूर्ण पारी सम्हाल्दै टिमलाई जित दिलाएका हुन् । कार्कीले अविजित ६८ रनको योगदान दिएका थिए ।
जितसंगै सुपाले नगद रु १ लाख पाएको छ भने दोस्रो भएको एडभान्स ब्रदर्शले नगद रु पचास हजार हात पारेको छ ।
अर्घाखाँची क्रिकेट एकेडेमीको आयोजनामा भएको प्रथम अर्घाखाँची प्रिमियर लिग जिल्लामा भएको अहिलेसम्मको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

प्रकाशित मिति : २० जेष्ठ २०७४ शनिबार ००:००  १२ : ३९ बजे