१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022

अर्घाखाँचीमा जबरजस्ती करणी गरी महिलाको हत्या


२ असार २०७४ शुक्रबार ००:००  

0
Shares

सहयोगी विसी / असार २, अर्घाखाँची

अर्घाखाँची जिल्लाको तत्कालीन चिदिका गा. बि. स. हाल छत्रदेब गाउँ पालिका वडा नं १ निबासी २२ बर्षिय सुमित्रा कुमालको जबरजस्ती करणी पछि हत्या भएको छ ।
सन्धिखर्क २ भद्रीखोला निबासी बर्ष २२ को रमेश बादी ले गुल्मी जिल्ला र अर्घाखाँचीको सिमाना चिदिकाको केदुवा खोलामा निज महिलालाई जबर्ज्स्ति करणी गरि शक्त घाइते भै उपचारका लागि पाल्पामा उपचारको क्रममा निजको मृत्यु भएको हो ।
घटनामा संलग्न रमेश बादिलाई घटना घटेको ४ घण्टामा नै बल्कोट प्रहरी चौकी र गुल्मीको खर्ज्याङ प्रहरी चौकिको प्रहरिको टोलिले प्रकाउ गरि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा थुनामा राखिएको छ ।
अभियुक्त रमेश बादी बिगत समयमा मथुरा स्थित एक घरमा रहेको भैसिको पाडी चोरेर खाएको बिषयमा जिल्ला अदालत बाट ३७ हजार ५ सय जरिबाना र क्षतिपूर्ति सहित जिल्ला कारागारमा कैद भुक्तान गर्नुको साथ साथै निजले क्षतिपूर्ति बापतको रकम भुक्तान नगरे बापत प्रहरिले खोजबिन गरिरहेको थियो ।
सो क्षेत्रमा निजले बालुवा ,गिट्टी समेतको काम गर्ने गरेको बुझिएको छ ।
आपराधिक प्रवृत्तिको निजले सो भद्रीखोलामा अशान्ति मच्चाएको आरोपमा बारम्बार थुनामा पर्दै आइरहेको थियो ।
निजलाई जबर्ज्स्ति करणी ,कर्तव्य ज्यान, सम्बन्धि मुद्दा चलाउने तैयारी भै रहेको जिल्ला प्रहरि कार्यालयका प्रहरि निरीक्षक प्रदिप कुमार डि. सि. ले जानाकारी दिनु भएको छ ।

प्रकाशित मिति : २ असार २०७४ शुक्रबार ००:००  ६ : ३० बजे