१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बच्चालाई डाइपरको प्रयोग कुन अवस्थामा हानिकारक ?


१४ असार २०७४ बुधबार ००:००  

0
Shares

अहिले डाइपर बच्चाको लागि कम र आमाबुवाको लागि बढी सजिलो भएको छ । किनभने बच्चालाई डाइपर लगाइदिएपछि दिसा-पिसाब गराउने झन्झटबाट मुक्त भइन्छ ।

तर, डाइपरको प्रयोग एक हदसम्म त सहि हुन्छ तर, यसको धेरै प्रयोग हानिकारक हुनसक्छ । खासगरी डाइपरको प्रयोगले संक्रमण हुने भय रहन्छ । त्यसैले बच्चालाई डाइपरमा नभई अलग्गै दिसा पिसाब गर्ने अभ्यास गराउनु पर्छ ।

जब दिसा-पिसाब लाग्छ, बच्चाले केहि संकेत गर्छ । त्यही संकेत बुझेर बच्चालाई अलग्गै दिसा-पिसाब गराउनु पर्छ ।

१. बच्चालाई पटी सिटमा बस्ने बानी गराउनु पर्छ । हुन त यसमा अभ्यस्त गराउन गाह्रो हुन्छ । तर, केहि दिनसम्म यो अभ्यास जारी राख्यो भने खासै गाह्रो पनि हुन्न ।

२. बच्चाले दिसा पिसाब गर्नुअघि संकेत गर्छन् । त्यो संकेतलाई बुझ्नुपर्छ । सानो बच्चाले दिसा-पिसाब रोक्न सक्दैनन् र जहाँ पनि गरिदिन सक्छ । यद्यपी बच्चाले दिसा-पिसाब आएको संकेत गर्नसाथ उनीहरुलाई शौचालय लानुपर्छ ।

३. जति जति बच्चाको उमेर बढ्दै जान्छ, उनीहरुलाई सकेसम्म एकै समयमा दिसा पिसाब गर्ने बानी गराउनु पर्छ । यसले गर्दा बच्चाले कहिले दिसा गर्छ भन्ने कुराको तनाव हुँदैन । उसले दिसा गर्ने निश्चित समयबारे आफुलाई थाहा हुन्छ ।

४. बच्चालाई शौचालयसम्म लानका लागि त्यसलाई बालमैत्री, सफा बनाउनु आवश्यक हुन्छ । बच्चाहरु रमाउने किसिमको स्टिकर वा अन्य सजावटको सामग्री राख्न सकिन्छ ।

-अनलाइनखबरबाट साभार

प्रकाशित मिति : १४ असार २०७४ बुधबार ००:००  ४ : ५८ बजे