१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मकै खेती जोगाउन बाँदर हेरालुको ब्यबस्था गर्ने गाउँपालिकाको निर्णय



अर्घाखाँची, साउन १२ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका आठवटै वडामा बाँदरको समस्या भएकोले वर्षको दुई महिना मकै खेती जोगाउन बाँदर हेरालुको ब्यबस्था गर्ने र किसानले उत्पादन गरेको खेतीको सुरक्षा गर्ने निर्णय गरेको छ ।
यस्तै गाउपालिका भित्र रहेका घरका खरको छाना हटाएर टिन लगाइदिने छत्रदेव गाउँपालिकाले निर्णय गरेको छ । छत्रदेव गाउँपालिकाको कार्यपालिका तथा जनप्रतिनिधिको बैठकले गाउँपालिका भित्र रहेका सबै खरको छानो भएका परिवारको तथ्यांक संकलन गरि टिन लगाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनु भयो ।
छत्रदेव गाउँपालिकाका सबै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दाको दिन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरि स्वास्थ्य जाँच र औषधी सँगै भत्ता वितरण गरिने गाउँपालिकाले निर्णय गरेको छ ।
छत्रदेवलाई मासु, अण्डा र दुधमा आत्म निर्भर बनाउने र ‘आफ्नै घर रोजगारीको भर’ भन्ने नारालाइ सार्थकता तुल्याउने निर्णय गरेको छ ।
गाउँ लोडसेडिङ मुक्त बनाउने तथा काठका पोल हटाइ काठका पोल मुक्त क्षेत्र घोषणा गर्ने, पर्यटकीय स्थलको ब्यापक प्रचारप्रसार गरि पर्यटनको आवगनमा बृद्धि गराउने लक्ष्य लिएको छ ।
सबै विद्यालयमा आउने शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा अध्यापन गराउने, विषयगत शिक्षकलाई विद्यार्थीको नतिजाको आधारमा पुरस्कृत गर्ने तथा विद्यार्थीको गुनासो सुन्न विद्यार्थी गुनासो पेटिका राख्ने निर्णय भएको छ ।
‘छत्रदेवको सान, सुन्दर शान्त र समृद्ध गाँउपालिका हाम्रो अभियान’ भन्ने नारा तय गरि नेपालकै नमुना गाँउपालिका बनाउने गरि कार्य योजना अघि बढाएको अध्यक्ष पोख्रेलको भनाइ छ ।
खानेपानीको सबै भन्दा समस्या रहेको छत्रदेवलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरि खानेपानीको समस्या समाधान गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७४ बिहिबार ००:००  २ : ०७ बजे