१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दाङमा एकजना मृत अवस्थामा भेटिए



दाङ, १२ साउन ।
दाङको घोराही उपमहानगरपालिका–१५ का शुभानन्द अधिकारी मृत अवस्थामा फेला पर्नुभएको छ ।
अधिकारी बिहीबार बिहान घोराहीको तुलसिपुर चोकमा मृत अवस्थामा फेला पर्नु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बुधबार राति श्रीमतीसँग झगडा परेपछि घरबाट निस्किएका अधिकारी बिहान मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
अधिकारीको टाउकोमा गम्भीर चोट लागेको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७४ बिहिबार ००:००  ६ : ०२ बजे