१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमा सम्बन्ध बिच्छेदका घटना बढ्दै यस्ता छन कारण



कपिलवस्तु १२ साउन 

कपिलवस्तुमा संबन्ध बिच्छेद बढदै गएका छन । पछिल्लो ३ बर्षमा ३ सय ६३ संबन्धबिच्छेदका मुद्दा दर्ता भएको अदालतले जनाएको छ । गत आव ०७३÷७४ मा १ सय २७ संबन्ध विच्छेद्का मुद्दा दर्ता भयो । जस मध्ये ९३ फैसला भयो ।

गत कार्तिक ५ गते एकै दिन ५ वटा संबन्ध विच्छेद्को मुद्दा दर्ता भएका थिए । कार्तिक १ देखि ७ गते सम्म एक सातामा १० संबन्धको विच्छेद्को मुद्दा अदालत पुगेको थियो ।

०७२÷७३ मा जिल्लामा १ सय २० संबन्ध विच्छेद भयो । पछिल्लो ५ वर्षको तथ्याङ्ग हेर्दा संबन्ध बिच्छेद्को संख्या २ गुणा बढेकोछ । ०७१÷७२ मा १ सय १६ जनाले संबन्ध बिच्छेद गरे । त्यस अघि ०७०÷७१ मा ९० जनाले सम्बन्ध विछेद गरे ।

अदालतको तथ्याङ्ग हेर्ने हो भने प्रत्येक वर्ष संबन्ध विच्छेद्का घटना बृद्धी हुदै गएका छन् । घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढदै गएकोछ ।

महिलाहरु आफै वा कुनै माध्यमबाटै अदालत सम्म पुग्ने गरेका छन्् । अधिकाम्सको संबन्ध ३ देखि ५ वर्षमा टुंगिने गरेकोछ । अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पत्ती बढी छुट्टिने गरेका छन् ।

कलिलै उमेरमा प्र्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा संबन्ध प्रगाढ नहुदै टुटने गरेको हो ।

केटाले बाडने ठुला ठुला सपना पुरा नहुदा समस्या बढीरहेकोछ । युवा अवस्थामा केटा केटी यर्थाथ भन्दा भावनामा बग्छन् जुन कुरा पछि पुरा नहुदा पारिवारिक वेमेल उत्पन्न भई संबन्ध विच्छेद बढदो छ ।

लहलहैमा विवाह गर्ने सख्या बढेको अधिवक्ता हुमनाथ पाण्डेले बताउनु भयो । मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, गरिवी र विपन्नताले बेरोजगार हुदा पनि समस्या भएको छ । अदालतले सके सम्म पती पत्नी बीच मेलमिलापको पहल गर्छन ।

अदालतका श्रेष्तेदार डिल्लीनारायण शर्मा अर्यालले भन्नुभयो त्यहाबाट समस्या समाधान नभए संबन्ध विच्छेदको फैसला गर्छ ।
संबन्ध विच्छेद्कालागि ९८ प्रतिशत महिला आउने गरेका छन् । श्रीमान रोजगारीकालागि विदेशीन्छिन् अदालतका श्रेस्तेदार अर्यालले भन्नुभयो ।

उनीहरुले पठाएको रेमिटान्स् जथाभावी खर्च गरेर तडकभडक देखाउदै दुरुपयोग गरेका कारण पनि संबन्ध विच्छेद बढदै गएको छ । आधुनिक फेसन शैली र रहनसहनको विकृति पनि हो उहाले भन्नुभयो ।
यस्ले श्रीमान श्रीमतिको संबन्ध विग्रदा अदालत ढोका घच्घचाउने बढदो छन् । अन्तरजातिय प्रेम विवाह पनि संबन्ध विच्छेदको अर्को कारण बनेको अदालतले जनाएकोछ ।

 

प्रकाशित मिति : १२ श्रावण २०७४ बिहिबार ००:००  १ : ०३ बजे