११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

दाङमा वर्षायाम सुरु भए संगै स्थानिय दूषित पानी पिउन बाध्य



दाङ, १३ साउन ।
दाङका स्थानीयवासी वर्षायामसँगै दूषित पानी पिउन बाध्य भएका छन् । राप्ती गाउँपालिका– ५ पुनखोला र करंगेकोट वासी खानेपानीको मुहान संरक्षण नहुँदा दूषित पानी पिउन बाध्य छन् ।
गाउँमा खानेपानीको मुहान वर्षात्मा धमिलो हुने पात पतिंगर झरेर फोहर हुने भएका कारण आफूहरुले दूषित पानी पिउन बाध्य भएको पुनखोलाका यशोदा विकले बताउनुभयो ।
विकका अनुसार खानेपानीका कारण वर्षायाममा यहाँ वर्षेनी झाडा–बान्तालगायतको समस्या आउने गरेको छ ।
दूषित खानेपानी प्रयोगकै कारण विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुने गरेको र पटक पटक सम्बन्धित निकायलाई खानेपानीको मुहान संरक्षण र ट्यांकी निर्माणका लागि आग्रह गरेका छौँ ।
त्यस्तै करंगेकोटमा खानेपानीको मुहान एउटामात्र भए पनि सो मुहानमा पानी लिन जान घण्टौँ लाग्ने गरेको स्थानीयवासी थमकली पुनले बताउनुभयो ।

प्रकाशित मिति : १३ श्रावण २०७४ शुक्रबार ००:००  १२ : ३८ बजे