१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ऐतिहासिक स्थल गोटीहवा जानै सास्ती



कपिलवस्तु १३ साउन ।

बाटो जीर्ण हुदा ऐतिहासिक स्थल गोटहीवामा आवतजावत गर्न निकै सास्ती भोग्नु परेको छ । कपिलवस्तु नगरपालिका– ५ स्थित बुद्धको जन्मथलाको रुपमा परिचित गोटीहवामा जाने बाटो जीर्ण हुदा स्थानीयबासी र पर्यटकलाई आउजाउ गर्न निकै सास्ती भोग्नु परको हो ।
निग्राधराम कुदानको पछि बाणगगां नगर देखि गोटीहवा सम्मको सडक जीर्ण बने पछि स्थानीयबासी र पर्यटकलाई आवतजावत गर्न निकै अप्ठयारो पर्ने गरको हो ।
नगर देखि गोटीहवा गाउ सम्म ३ ठाउमा करिब १ सय १० मिटर सडकमा खाल्डाखुल्डी परेका छन । सडक जिर्ण बने पछि पर्यटक आउने क्रम समेत घटेको स्थानिय बताउछन । पोखराका पर्यटक आम्बु लोपचनले ऐतिहासिक स्थल गोटहीवामा सडकको दरावस्थाले पुग्ने गाह्रो परेको गुनासो गर्नुभयो ।
सम्राट अशोकले स्थापना गरेको प्राचिन अशोक स्तम्भ र क्रकुछन्दको जन्मथलो हेर्न गोटहीहवा पुगेको उहाले आफुले बाटोको कारण धेरै सास्ती खानु परेको बताउनु भयो ।
आन्तरिक पर्यटकलाई त यती सास्ती छ, बिदेशी पर्यटकले झन के भन्लान उहाले गुनासो पोख्नु भयो ।
पर्यटक हिलाम्मे बाटोमा हिलैहिलो भएर फर्कने गरेका छन् । बर्षात पछि त सडकमा ठुला ठुला खाल्डा खुल्डी परेर हिलाम्मे भएको छ ।
पछिल्लो समय गोटिहवा आउने पर्यटकको संख्यामा समेत कमी आएको लुम्बिनी बिकास कोषबाट गोटिहवामा खटाईएका कर्मचारी कमलेश यादवले बताउनु भयो ।
बुद्धस्थलमा जाने पर्यटकलाई सडकको दुरावस्थाले समस्या परेको सोही वार्डका नवनिर्वाचित वडा अध्यक्ष दिरेप कुमार चौधरीले बताउनु भयो । उहाले सडक मर्मत सम्भारका लागी नगरपालिकामा पहल गरेको बताउनु भयो ।
जग्गा अतिक्रमण हटाउन लुम्बिनी विकास कोषले ४ करोड बिनियोजित गरको छ तर बाटोे कसले बनाउने भन्दै स्थानीय गुनासो गर्छन । सो सडकको दुरावस्थाप्रति चिन्ता ब्यक्त गर्दै नव निर्वांचित मेयर किरन सिंहले बाटो निर्माणकालागि बजेट बिनियोजित गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
लुम्बिनी बिकास कोषले जिल्लाको बुद्धस्थलको बिकासका लागी बिनीयोजन गरेको बजेट फ्रिज जाने गरे पनि सामान्य भौतिक पुर्वाधार निर्माणमा कोषले कुनै चासो नदेखाएको जन गुनासो बढदै गएको छ ।
पुरातात्विक संरक्षणको स्थलको रुपमा परिचित गोटिहवा सदरमुकाम तौलिहवादेखि करिब ५ किमी दक्षिण पश्चिममा अवस्थित छ । क्रकुच्छन्द बुद्धको जन्म भएको स्थानका रुपमा गोटिहवा परिचित छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ५ गोटिहवा गाँउमा पर्ने गोटिहवामा रहेको अशोक स्तम्भको उचाई १० फिट र परिधि ८ फीट ६ इञ्च छ ।

प्रकाशित मिति : १३ श्रावण २०७४ शुक्रबार ००:००  १२ : ४३ बजे