७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तु मै पहिलो पटक टर्की पालन सुरु



कपिलवस्तु १३ साउन
जिल्ला मै पहिलो पटक कपिलवस्तुको शिवराज नगरपालिका– ३ खरेन्द्रपुरमा स्थाानीय दाजुभाई युवराज र युधीर पौडेलले टर्की पालन थाल्नु भएको छ । उहाहरुले १४ लाखको लगानीमा ८ महिना अघि देखि स्वरोजगार टर्की फर्म नेपाल नामबाट टर्की पालन सुरु गर्नु भएको हो ।
पशुपंक्षी प्राबिधिक युवाराजले ईन्टरनेटबाट जानकारी लिएर आफु टर्की पालनप्रति उत्प्रेरित भएको बताउनु भयो ।
देश ब्यापीरुपमा टर्की पालनप्रति आकर्षित गराउन र त्यस सम्बन्धि तालिमहरु प्रदान गर्न आफनो प्रमुख ध्य रहेको उहाले बताउनु भयो । २ सय चल्लाबाट ब्यवसाय सुरु गर्नुभएको हो । टर्कीपालनका लागि १० कठ्ठा जग्गा छुटयाउनु भएको छ ।
जसमध्ये ४ कठ्ठा खोर र ६ कठ्ठामा घास लगाउनु भएको छ । खोरमा ६ लाख र टर्कीका चल्ला लगायतका सामान किन्न ८ लाख लागनी गरेको युवाराजले बताउनु भयो ।
नेपाल मै पहिलो पटक चितवन पछि आफुहरुले नै टर्की पालनको सुरुवात गरको युधीरले दाबी गर्नुभयो । चितवनबाट निकोलस ५ सय र ३ सय जातका टर्कीका चल्ला किनेको उहाले बताउनु भयो ।
चितवनमा फ्रान्सबाट ल्याईएको अण्डाबाट चल्ला उत्पादन गरिएको हो । भाले जातका टर्कीहरु बिक्रीका लागि तयार रहका छन ।
टर्की किन्नेहरुले बुटवल, प्युठान, अर्घाखाची लगायतबाट अर्डर गरेका छन, माग अनुसार माल पु–याउनै गाह्रो परेको छ ’ उहाले भन्नु भयो । बजारमा टर्कीको मासु प्रति किलो १ हजार रुपैयामा बिक्री हुने गरको छ ।
रोग पनि कम लाग्ने र पाल्न पनि सजिले हुने भएकाले आफुहरु यसमा आकर्षित भएको युवराजले बताउनुभयो । २० प्रतिशत दाना र ८० प्रतिशत घास खाने भएकाले टर्की पाल्न सजिलो रहेको उहाले बताउन भयो ।

प्रकाशित मिति : १३ श्रावण २०७४ शुक्रबार ००:००  १ : ११ बजे