१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

रुपन्देहिमा मतदाता नामावली दर्ता गराउनेको भिड



भुवन पाण्डे, भैरहवा, १५ साउन ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीमा फोटो सहितको मतदाता नामावली दर्ता र अध्यावधी गर्नेको भिड बढेको छ । भिड बढेपछि कार्यालयले अपरेटर थप गरि लाइन नसकिदा सम्म रात परेपनि नामावली संकलन गरेको छ ।

कार्यालयमा अहिले ४ वटा कम्प्युटरबाट ७ जना कर्मचारीहरुले नाम दर्ता र अध्यावधी गरेका छन् । आईतबार सम्म ७ हजार २ सय जनाले मतदाता नामावली संकलन तथा अध्यावधि गरेका छन् ।

साउन १ गते देखी १५ गते सम्म जिल्ला सदरमुकाममा रहेको निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन भएकोमा सोमबार देखी रुपन्देहीका सबै स्थानिय निकायहरु बाट संकलन हुने कार्यालय प्रमुख गौतमले जानकारी दिनुभयो ।

रुपन्देहीका १६ स्थानिय निकाय मध्ये सिद्धार्थनगर नगरपालीका बाहेक सबै निकायको सम्बन्धीत उमहानगरपालीका, नगरपालीका र गांउपालिकाको कार्यालयमा मतदाता नामावली संकलन गर्न सकिने छ । नामावली संकलन गर्नका लागी नागरीकता र बसाई सराई भएर आएको भए बसाई सराईको कागजपत्र आबस्यक रहेको गौतमले जानकारी दिनु भयो ।

अन्य जिल्लाका मतदाताहरुले भने जिल्ला निर्वाचन कार्यालयमै गएर फोटो सहितको मतदाताका लागि नाम दर्ता गर्नुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : १५ श्रावण २०७४ आइतबार ००:००  १ : ५३ बजे