१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

रुपन्देहीमा लागु औषधका घटनाहरु बढे



भुवन पाण्डे, भैरहवा, १६ साउन ।
रुपन्देहीमा लागु औषधका घटनाहरु क्रमिक रुपमा बढ्रदै गएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्यांक अनुसार गत बर्षको तुलनामा आर्थिक बर्ष ०७३।०७४ मा ८१ वटा लागू औषधका मुद्दा बढी परेका हुन् ।
रुपन्देहीमा आर्थिक बर्ष ०७३।०७४ मा ४ सय ९ वटा लागु औषध सम्बन्धी मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक बेल बहादुर पाण्डेले जानकारी दिनुभयो । ती मुद्धाहरु मध्ये ३ सय ५१ वटा मुद्धाहरु फस्योट भएका छन् भने ५८ वटा मुद्धा फस्रयोट हुन बांकी रहेको उहाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयले विद्यार्थीहरुलाई लागु पदार्थ दुव्र्यसन बिरुद्ध जनचेतनामुलक प्रशिक्षण कार्यक्रम दिनहु सञ्चालन गर्दै आएको छ तर लागू औषध प्रयोग कर्ता घत्नुको सट्टा प्रत्येक वर्ष बढेका छन् ।
प्रहरीको तथ्यांक अनुसार लागू औषधको सेवन गर्ने युवाहरुको समूहहरुबाट विभिन्न अपराधीक कृयाकलापहरु भएको नायव उपरिक्षक पाण्डेले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आर्थिक बर्ष ०७२।०७३ मा ३ सय २८ मुद्धा दर्ता भएकोमा ३ सय २८ वटा मुद्धानै फस्योट भएका थिए । त्यसैगरी आर्थिक बर्ष ०७१।०७२ मा १ सय ९० मुद्धा दर्ता भएकोमा सबै मुद्धा फस्यौट भएको थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७४ सोमबार ००:००  १ : २३ बजे