१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बुद्धभुमीमा निर्माणाधिन भरही सिंचाइ योजना सम्पन्न



विकास बन्जाडे कपिलवस्तु साउन १७ ।
कपिलवस्तुको बुद्धभुमी नगरपालीका ३ मा निर्माणाधिन भरही सिंचाइ योजना सम्पन्न भएको छ ।
एशियाली विकास बैंकको ३ करोड २७ लाख बढि लागतमा २०७० सालबाट निर्माण थालीएको योजना सम्पन्न भएसँगै दुवियाको २ सय हेक्टर जमिन सिँचित भएको छ ।
दुवियामा निमार्णाधिन भरही सिँचाइ योजना सन्चालनमा आएसँगै यसभेगका १५ सय जनसँख्या लाभान्वित बनेका छन् ।
सिँचाइ योजना सन्चालनमा आएपछि हिउँद वर्षा जुनैपनि खेती गर्न सकिने स्थानीयबासिन्दा चन्द्रमती थारुको धारणा छ ।
यो सिँचाइ योजना सन्चालनमा आएसँगै दुवियाको २ सय हेक्टर जमिन सिँचित भएको डिभिजन सिँचाइ कार्यालय तौलीहवाका इन्जीनियर नारायण डुम्रेको भनाइ छ । मुल नहर ७ किलोमिटरसँगै ३ बटा शाखा नहर समेत बनेका छन् ।
पन्चायत कालदेखी अलपत्र सिँचाइ योजना सम्पन्न भएपछि यसभेगका किसान हर्षित बनेको उपभोक्ता समितिका अध्यक्ष रोमाकान्त बेल्वासे बताउनुहुन्छ ।
८३ हजार हेक्टर क्षेत्रफल रहेको कपिलवस्तुमा हालसम्म सिँञ्चित जमिनको क्षेत्रफल जम्मा ३५ हजार हेक्टर रहेको डिभिजन सिंचाइ कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  २ : २२ बजे