१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

डिआइजी नवराज सिलवालको मुद्दा हेर्दा हेर्दैमा



काठमाडौं, १९ साउन ।
डिआइजी नवराज सिलवालले दायर गरेको मुद्दाको सुनुवाई हेर्दा हेर्दैमा राखिएको छ । आफूभन्दा जुनियरलाई आइजिपी बनाएको भन्दै सिलवालले दायर गर्नुभएको मुद्दा हेर्दा हेर्दैमा राखिएको र साउन २६ गते सुनुवाई हुने सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वसहितको ५ सदस्यीय पूर्ण इजलासमा डिआइजी सिलवालको मुद्दाको सुनुवाई भइरहेको छ ।
सरकारले पेश गरेको कार्य सम्पादन मुल्यांकन नक्कली भएको र एक नम्बरमा डिआइजी सिलवाल नै भएको सिलवाल पक्षका वकिलले दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  २ : १६ बजे