१३ मंसिर २०७९, मंगलबार | Tue Nov 29 2022

बेपत्ता दुई मृत अवस्थामा फेला



नवलपरासी, २१ साउन ।
नवलपरासीमा बाढीका कारण घोलमा डुबेर बेपत्ता भएका एक बालकसहित दुई जना शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बाढीका कारण शुक्रबार पाल्हीनन्दन गाउँपालिका–३ स्थित नारी भन्ने स्थानीय ११ वर्षीय बालक कृष्ण गुप्ता घोलमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ५१ वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका थिए । दुवै जना आज घोलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यसैबीच बाढीका कारण यसअघिनै बिहीबार प्रतापपुरस्थित खजुरा खोलाले बगाएर बेपत्ता भएका इब्राहिम मिया भने अझै फेला पर्न सकेका छैनन् । मियाको अहिलेसम्म खोजी कार्य जारी भए पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  २ : ०० बजे