२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

समाचारको प्रभाव: अध्यक्षले प्रयोग गरेको बाणगंगा खानेपानीको जेनेरेटर भयो फिर्ता



मायादेवी अनलाइन, बाणगंगा ।

वाणगंगा खानेपानी लभालिंग सम्बन्धी समाचार प्रकाशन भएपछि खानेपानी आयोजनाको जेनेरेटर समाचार प्रकाशन भएपछि फिर्ता गरिएको छ । अध्यक्षले खानेपानी आयोजनाका लागि ल्याइएको जेनेरेटर निजी केवलमा प्रयोग भएको समाचार प्रकाशन भएपछी उनले आफु अध्यक्ष रहेको नागेश्वर शिवालय मन्दिरमा लगेर राखेको भेटिएको छ । आयोजनाको सम्पत्ति निजी प्रयोजनमा प्रयोग गरिएको भए त्यसको वैधानिकता र निर्णय प्रक्रियाबारे सम्बन्धित निकायले छानबिन गर्नुपर्ने स्थानीयको माग गरेका थिए ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–८ धनेशपुरमा निर्माण सुरु भएको बाणगंगा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमै नआउँदै जीर्ण र अस्तव्यस्त बनेको विषय अनलाइनमा प्रकाशन भएपछि सोही संस्थाका अध्यक्ष बोम बहादुर उचाई ठकुरी अध्यक्ष रहेको क्लवको समेत सामानहरु हिनाविना भएको आरोप लागेको छ । स्थानीय युवाले क्लवको ३ वटा रेक्सा र करिव ८ लाखमा खरिद गरेका टेण्टका सामान लगाएत हिनामिना गरेको आरोप लागेको हो ।

स्थानीय युवाहरुले २०८२ साल चैत्र महिनामा क्लवको समिति पुर्नगठन गर्न भन्दै पारदर्शीता जवाफदेहिताका लागि ध्यानाकर्षण पत्र समेत बुझाएको पाईएको छ । छानविनको माग गर्दै स्थानीय तहको बाणगंगा नगरपालिका वडा नं ८ तथा क्लवका अध्यक्ष उचाईलाई पत्र बुझाएका थिए ।

पत्र बुझाएको लामो समय हुदाँ समेत यस विषयमा प्रकृया अघि बढे नबढेको कुनै जानकारी आएको छैन । समाचारमा अध्यक्ष उचाईले नेतृत्व गरेका खानेपानी र क्लवमा वेथिति रहेको भन्दै धनेशपुर टोल विकास संस्थाले पारदर्शीता र जवाफदेही बन्न शनिवार टोल भेला समेत आयोजना गरेको थियो । भेलामा समाचारमा आएका विषयमा खानेपानीमा छानविन गर्ने थप विषय लिएर मिडिया हाउसमा बुझन पुग्ने लगाएतका विषयमा भएको छलफल निष्कर्ष विहिन भएको टोल विकास संस्थाका सचिव पवन घिमिरेले बताए ।

खानेपानी आयोजना निर्माण सुरु भएको करिब ११ वर्ष बितिसक्दा पनि उपभोक्ताले खानेपानी पाउन सकेका छैनन् । खानेपानी आयोजना सञ्चालनको टुंगो नलाग्दै संरचना जीर्ण बन्दै गएका छन् ।

प्रकाशित मिति : २९ भदौ २०८३ सोमबार ००:००  ८ : ४३ बजे