भैरहवा, २२ साउन ।
वातावरण संरक्षणका निम्ति हरियालीको आवश्यकता बताउँदै लायन्स क्लब अफ सिद्धार्थनगर युथ तथा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले सम्युक्त रुपमा वृक्षारोपण कार्यक्रम गरेका छन् । क्लबले सिद्धार्थनगर नगरपालिका वडा नं. ३ स्थित खजहना निम्न माध्यामिक बिद्यालय अगाडिको खाली स्थानमा वृक्षारोपण गरेको हो ।
कार्यक्रमका प्रमुुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष थानेश्वर पौडेलले आफै पैसा संकलन गरी समाज विकासमा लाग्ने लायन्सले समाज विकासमा महत्वपुर्ण भुमिका खेलेको बताउँदै वृक्षारोपण संगै विरुवा संरक्षणमा समेत लाग्न आग्रह गर्नु भयो ।
कार्यक्रममा पजिडी लायन अरुण प्रताप राणाले अहिलेको युगमा कार्बन डाईअक्साईड र एसीड अत्याधिक रहेको हुनाले वातावरण सन्तुलनका लााग अक्सिजनको मात्रा घटेका कारण वृक्षारोपण गर्न अनिवार्य रहेको बताउनुभयो ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष धिरज मल्लिकले लायन्स पार्क निर्माण गर्ने योजना अनुरुप वृक्षारोपण कार्यबाट सुरुवात गरेको बताउनु भयो । उहाँले प्रचारको लागि विरुवा रोप्नुभन्दा भन्दा पनि रोपिएका विरुवाहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले निम, राजवृक्ष, बकाइन, एक्मस, अशोका, सामी, कचनार, सिता, अशोक, पिपल लगायत १० किसिमका विरुवा रोपिएको जानकारी दिनुभयो । उक्त विरुवा संरक्षणका लागि क्लवका आईपिपि अर्चित श्रेष्ठ, सुदिप नाथ गोगंल, चन्द्रिका धवल, गोपाल ज्ञवाली, असीम संैजू, सावित्री मल्लिक, सुदिश महासेठ, माया मल्लिक, सुधा कुँवर र सन्तोेष शुक्लालाई संरक्षणको जिम्मा दिइएको मल्लिकले बताउनु भयो ।
कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष विजय पाण्डे, लायन्स क्लब अफ भैरहवाका अध्यक्ष रविन्द्र शर्मा घिमिरे, लायन्स क्लब अफ लेडी युथ सिद्धार्थनगरका अध्यक्ष सुधा कुँवर, खजहना निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र मिश्रा, नेपाल भारत अवध मैत्री समाज रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ता लगायतको आतिथ्यता रहेको थियो । लायन्स क्लब अफ सिद्धार्थनगर युथकी सचिव माया मल्लिकको सञ्चालन तथा कार्यक्रम संयोजक एवं क्लब डाइरेक्टर युवराज श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
२२ श्रावण २०७४ आइतबार ००:००
0
Shares






प्रतिक्रिया