१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बाढीले वेपत्ता बनाएका पुरुषको शव फेला



बृजराज कुशवाहा, नवलपरासी, २२ साउन ।
दुई दिन देखि बाढीले बगाएर वेपत्ता बनाएका एक पुरुषको शव भेटिएको छ । शनिबार राती नवलपरासीको प्रतापपुर गाउपालिका २ कालिटोला निवासी इब्राहिम मुसलमानको शव भेटिएको हो । उनको शव गाउँ नजिकैको खजुराखोलामा भेटिएको प्रहरीले जनाएको छ ।
बाढीले बगाएर ल्याएको दाउरा झिक्न खोज्दा मुसलमानलाई बाढीले बगाएको थियो । गत साउन १९ गते खजुराखोलामा आएको बाढिले उनलाई बगाएको थियो ।
अझै नवलपरासीमा बाढीले बगाएर दुई जना बेपत्ता भएका छन् । उनिहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  २ : ५५ बजे