१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेसमा पुर्नताजकीको अभियान आवश्यक ः डा. संग्रौला



शरद रेग्मी दाङ  २२ साउन ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महिला नेतृ डा. डिला संग्रौलाले  काँग्रेसमा संगठन सुद्धिढिकरणका साथै पूर्नताजकीको अभियान थाल्नुपर्ने बताउनुभएको छ ।  रिपोर्टर्स क्लव दाङले आज तुलसीपुरमा  आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँलेसंग्रौलाले पार्टी भित्रको अन्तरघात र अनुशासन हिन्ताको कारणले कांग्रेस पहिलो पाटी हुदा हुदै पनि स्थानीय तहमा दोस्रो स्थानमा आउनु परेको भन्दै अव आफुहरुले त्यस अभियानलाई लियर जिल्ला जिल्लामा हिडेको बताउनुभयो ।नेपाली काँग्रेसले विभिन्न कारणले स्थानीय निर्वाचनमा धेरै स्थानमा पराजय भोग्नु परेको भन्दै अव कमिकम्जोरीहरुलाई सच्याउदै प्रदेश र संघको निर्वाचनमा लाग्नुपर्ने बताउनु भएको छ ।  उहाँले अव ‘काँग्रेसमा देखिएको यो भद्रगोलको अवस्थालाई अव हामिहरुले सुधार गर्नु पर्छ हैन भने पाटीमा अनुसासन हिनता बढदै जाने छ ।  त्यस्तै उहाँले देश भरिका महिलाहरु संग भेटघाट र स्थानीय निर्वाचनको समिक्षाको लागि आफुहरुले अभियान थालेको भन्दै स्थानीय तहमा जितेकाहरुलाई बधाई र पराजय भोगेकाहरुलाई सहानुभुर्ति दिएको बताउनुभयो प्रदेशको चुनावमा ५० प्रतिसत अधिकारका साथै संघको चुनावमा महिला महिला विच खुल्ला प्रतिसप्रर्दा आवश्यक भएको बताउनुभयो । त्यसैगरी  उहाँले सरकारमा पनि ३३ प्रतिसत महिला सहभागीता हनुपर्ने आफुहरुको माग भएपनि सो हुन नसेको बताउनुभयो । महिला संघकी पूर्व सभापति समेत रहनुभएकी संग्रौलाले स्थानीय तहमा महिलाहरुले केही अधिकार पाएको बताउनुभयो । रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा पूर्व संसाद उर्मीला थापाले संविधानमा महिला महिला अधिकार सुनिश्चिता भएपनि तल्लो तहमा समाजले अफैपनि साथ नदिएको बताउनुभयो । उहाँले अव आफुहरु मिसन र भिजन सहित जिल्ला दौडाहमा लागेको भन्दै यसले संगठन सुधार हुने विश्वास व्यक्त गर्नु भयो । त्यसैगरी कार्यक्रममा महिला नेतृ महिला संघकी केन्द्रीय सदस्य निर्मला क्षेत्रीले महिलाहरुको ३३ प्रतिसत सहभागीता भने पनि सो व्यहारमा लागु हुन नसकेको भन्दै गुनासो गर्नु भयो । उहाँले संविधान जारीगर्दा एक भएका दलहरु हल विभाजन भएको भन्दै तिनै तहको निर्वाचन र संविधान कार्यान्वयन गर्दा सम्म सहमति र सहकार्यका साथ अगाडि बढनु पर्ने बताउनुभयो ।  साक्षात्कार कार्यक्रममा स्वागत कल्वका कोषाध्यक्ष बालाराम खड्काले गरेका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  ९ : ५१ बजे