७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

छ लाख ३२ हजार बिरुवा रोपियो



दाङ, २६ साउन ।
सामुदायिक वन दिवसमा यहाँका विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ दाङको आह्वानमा बुधबार जिल्लाभरि रहेका ५०० सामुदायिक वन समूहले वृक्षरोपण गरेका छन् । सामुदायिक वन दिवसको अवसरमा जिल्लाका ५२४ सामुदायिक वन समूहमा १८ प्रजातिका छ लाख ३२ हजार बिरुवा रोपिएको वन महासंघका अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिनुभएको छ ।
‘संघीयतामा सामुदायिक वन, स्थानीय समुदायको पहिचान’ भन्ने मूल नाराका साथ सामुदायिक वन दिवस मनाइएको हो । दाङको लमही, तुलसीपुर र घोराहीमा रहेका विभिन्न सामुदायिक वनमा वृक्षरोपण गरिएको महासंघले जनाएको छ । रासस

प्रकाशित मिति : २६ श्रावण २०७४ बिहिबार ००:००  ३ : २२ बजे