६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

केन्याको राष्ट्रपतीय निर्वाचनमा मतगणना विवाद



नैरोबी, २६ साउन ।
केन्यामा गत मङ्गलबार भएको राष्ट्रपतीय आमनिर्वाचनको मतगणना जारी रहदा विवाद सुरु भएको छ ।
मतगणना मङ्गलबार रातिबाट सुरु भएको थियो । तर बुधबार अपरान्ह्तिरबाट केन्याली वर्तमान राष्ट्रपति उहुरु केन्याटाले अग्रता कायम गरेपछि सो विवाद सुरु भएको हो ।
निर्वाचनका क्रममा यसअघिको तुलनामा भने धेरै हिंसा भएको छैन । यस निर्वाचनमा चार जनाको निधन भएको छ । त्यो पनि मतदानका क्रममा नभएर निर्वाचनपछि मतगणनाको क्रममा भएको हिंसाका क्रममा चार जनाको मृत्यु भएको हो ।
यहाँ करिब नौ बर्षअघि भएको यस्तै आमनिर्वाचनमा एक हजार १०० भन्दा बढीको ज्यान गएको समाचारमा जनाइएको थियो । त्यसैले अधिकारीहरुले तुलनात्मक रुपमा यसपटक कमै हिंसा भएको बताएका हुन् ।
पूर्वी अफ्रिकाको धनी देशको रुपमा रहेको यस राष्ट्रमा भएको राष्ट्रपति निर्वाचनको नतिजा आउने क्रमसँगै विवाद सुरु भएको हो ।
मतगणना जारी नै रहेका बेला विपक्षीहरुले मतगणना प्रक्रियाको विरोध गरेका छन् । उनीहरुले निर्वाचन प्रक्रिया नै बहिस्कार गरेका छन् ।
वर्तमान राष्ट्रपति उहुरु केन्याटाले अग्रता गरेपछि अर्का उम्मेदवार राइला ओडिङ्गाले असहमति व्यक्त गर्नुभएको हो । यस विवादको क्रममा यहाँ चर व्यक्तिको मृत्यु भएको छ । सो निर्वाचनमा धाँधली भएको प्रमाण आफूहरुले भेटेको भन्दै विपक्षी उम्मेदवार राइलाका समर्थकहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यहाँ करिब ९६ प्रतिशत मत गण भैसकेको छ । त्यस समयसम्मको गणनामा हालका राष्ट्रपति उहुरु केन्याटाले ५४ प्रतिशत र उहाँका निकटतम प्रतिद्वन्द्वी राइला ओडिङ्गाले भने ४४.७ प्रतिशत मात्र मत प्राप्त गर्नु भएको छ ।
उहाँले यस निर्वाचनको विरोघगर्दै निर्वाचनमा धाँधली भएकोले परिणाम अस्विकार गर्ने दाबी गर्नुभएको छ । ओडिङ्गाले बुधबार अपरान्ह नै पत्रकार सम्मेलनको क्रममा निर्वाचन परिणाम नक्कली र धाँधलीपूर्ण भएको आरोप लगाउनुभएको छ ।
केन्यामा चुनावको प्रमुख मुद्दा जातीयता रहने गरेको पाइन्छ । धेरै मतदताले साम्प्रदायिक आधारमा मतदान गर्ने गरेका छन् । यस निर्वाचनमा एक करोड ९० लाखभन्दा बढी मतदाताले मतदानको लागि नाम दर्ता गराएका थिए ।
यस अफ्रिकी राज्य केन्यामा सन् २०१३ मा भएको विवादित निर्वाचनको क्रममा भएको हिंसा हत्यामा परी कम्तीमा पनि एक हजार १०० व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ लाख जना नागरिक नै विस्थापित हुनुपरेको थियो । रासस÷एएफपी

प्रकाशित मिति : २६ श्रावण २०७४ बिहिबार ००:००  १० : १७ बजे