१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

वन क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि नेपाली सेना



नवलपरासी, २७ साउन ।
वन क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि नवलपरासीमा नेपाली सेनाले काम थालेको छ । जिल्लाको कुकुरमारामा श्री नं २ वन तथा पर्यावरण सुरक्षा गण स्थापना गरी वन क्षेत्रको संरक्षण र प्रवद्र्धनको काम नेपाली सेनाले थालेको हो ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले यस क्षेत्रमा वन तस्करी नियन्त्रण, वनको संरक्षण र प्रवद्र्धनमा सघाउ पु¥याउन नेपाली सेनाले विशेष जिम्मेवारी दिएको छ ।

जसअन्तर्गत सो गणले अहिले कुकुरमारा क्षेत्रमा वृक्षरोपणका साथै वनको संरक्षण र प्रवद्र्धनको काम शुरु गरिसकेको छ । सो गणले विशेषगरी यस क्षेत्रमा समग्रतामा वन क्षेत्रको चोरी तस्करी नियन्त्रण गर्न वन बचाउसम्बन्धी विभिन्न काम गरिरहेको छ ।

ज्यादै जटिल अवस्थामा रहेको यस क्षेत्रको वनलाई संरक्षण र व्यवस्थापन गर्ने जिम्मवारी समुदायलाई मात्र प्रयोग गरेर वनको प्रवद्र्धन गर्न नसकिने अवस्था छ ।

तसर्थ यो कामको विशेष जिम्मेवारी वन तथा पर्यावरण सुरक्षा गणलाई दिइएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष वीरेन्द्र यादवले जानकारी दिनुभयो ।

यस क्षेत्रको वनको अवस्थालाई गणको सहयोगमा पुरानै अवस्थामा फर्काएर पुनः समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको समितिका सदस्य विदुर भारतीले बताउनुभयो ।

समग्रतामा चौतर्फीरुपमा वन क्षेत्रको संरक्षण र प्रवद्र्धनबाट तराईका जमिनलाई उत्पादनशील बनाउन, चुरे पहाडलाई संरक्षण हुनेमा यस क्षेत्रका जनता आशावादी बनेको छन् ।

 

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ३ : ५५ बजे