१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अर्घाखाँचीमा गोरु काटेर खाएको अभियोगमा पक्राउ



विष्णुकुमार आले, अर्घाखाँची, २७ साउन ।
गोरु काटेर खाएको अभियोगमा ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले ४ जनालाई पक्राउ गरेको छ । सितगंगा नगरपालीका वडानं ८ जलुके धोद्रे जङगलमा यहि साउन २४ गते राती गोरु काटेर खाएको अभियोगमा दाङ जील्ला गढवा गाउँपालीका वडानं १ का लाल बहादुर सुनार , सोही ठाँउका ३० बर्षिय बिक्रम योगी, ४० बर्षिय राम बहादुर केसी र अर्घाखाँची सितगंगा नगरपालीका वडानं ८ का ३० बर्षिय कृष्णा रोकालाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त चारै जनालाई जिल्ला अदालत अर्घाखाँचीले ७ दिनको म्याद थपी अनुसन्धानका लागी प्रहरी हिरासदमा राखेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ४ : ०७ बजे