७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

घटनाको तत्काल छानविन गर्न माग



शरद रेग्मी, तुलसीपुर, २७ साउन ।
नेपाल बैंक लिमिटेड वर्दियामा कार्यरत प्रमोद वर्माको हत्याका सम्वन्धमा तत्काल सत्य तथ्य सार्वजनिक गर्न अधिकारकर्मीहरुले माग गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाज दाङले घटनाको तत्काल छानविन गरी दोषीलाई कानूनी वमोजिम कारवाही को माग गरेको छ ।

समाजका सभापति सुरेश हमाल र सचिव शरद रेग्मीले आज एक विज्ञप्ती जारी गरी घटनाका वारेमा गम्भिर वन्न स्थानिय प्रहरीलाई अनुरोध समेत गरेको छ ।

त्यसै गरी राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले पनि घटना वारे प्रहरीको ध्यानाकर्षण गराएको छ ।

समितिका वरिष्ठ उपाध्यक्ष भरतनाथ योगी र प्रशासनिक सचिव नारायण प्रसाद न्यौपानेले विज्ञप्ती जारी गरी समितिका पूर्व कर्मचारी सिताराम वर्माको छोराको हत्याको एथासक्य छिटो छानविन गर्न माग गरेको छ । त्यस्तै समितिले घटना वारे दुःख व्यक्त गर्दै सम्वेदना समेत प्रकट गरेको छ ।

केही दिन अगाडी घोराही निवासी वर्माको शव वांकेको अगैया जंगलमा मृत अवस्थामा भेटिए पछि उहांको हत्या भएको हुन सक्ने अनुमान प्रहरी गरेको थियो ।

घटनाका वारेमा प्रहरीले आज सम्म पनि कुनै जानकारी परिवारलाई दिन नसक्दा पिडित परिवार अझ वढी शोकमा परेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ४ : ०८ बजे