१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

१७ जना जुवाडे पोखरामा पक्राउ



पोखरा २ भदौं ।
कास्की प्रहरीले गएराती विभिन्न जुवा खालमा छापा मारेको छ । पोखरा १४ स्थित तनहुँ थाइभाइ होटलभित्र जुवा खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पोखरा १७ स्थित गोपी श्रेष्ठको घरमा छापा मारेर प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
गएराती नै पोखरा १२ शितलादेवी चोकमा खेमबहादुर गुरुङको घरमा जुवा खेलिरहेका अवस्थामा ७ जना पक्राउ परेको एसपी अशोक सिंहले जानकारी दिनुभएको छ । यसअघि प्रहरीले एक दर्जनभन्दा बढीलाई पक्राउ गरि मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  २ : १८ बजे