१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आइएसको हमलाबाट स्पेनमा १३ जनाको मृत्यु



स्पेन, २ भदौ ।
स्पेनमा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् । आक्रमणमा एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् ।
आईएसले नै गराउन लागेको दोस्रो आक्रमण विफल बनाउने क्रममा सुरक्षाकर्मीले गरेको कारवाहीमा चार जना मारिएको प्रहरीले जनाएको छ ।
बार्सिलोनानजिक कैम्ब्रिलसमा गराउन खोजिएको दोस्रो आक्रमण रोक्न गरिएको प्रहरी कारवाहीमा उनीहरु मारिएका हुन् । कैम्ब्रिलस बन्दरगाहमा गोली चलेको आवाज सुन्नेबित्तिकै प्रहरीले सर्वसाधारणलाई सडकबाट हट्न आग्रह गर्दै कारवाही थालेको थियो । स्पेनका प्रधानमन्त्री मारियानो रखाँयले आक्रमण आतंकवादीले गराएको बताएका छन् ।
उता, आइएसले पनि बार्सिलोना आक्रमणमा आफ्ना लडाकुको हात रहेको दावी गरेको छ । यसअघि बार्सिलोनाको प्रख्यात पर्यटकीय स्थल रमब्लासमा एक भ्यानबाट भीडमा आक्रमण गरिएको थियो । प्रहरीले आशंकित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले आक्रमणमा प्रयोग गरिएको भ्यान भाडामा दिने व्यक्तिको तस्वीर भने सार्वजनिक गरेको छ । २० वर्षीय ड्रिम्स नाम रहेका उक्त ब्यक्तिको जन्म मोरक्कोमा भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  २ : २३ बजे