१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राहतमा कुनै कमी हुन दिन्नौ प्रधानमन्त्री ःदेउवा



धनराज कट्टेल कैलाली २ भदौ  ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूर तथा मुलुकका विभिन्न भागमा बाढी बाट पीडित भएकाहरूलाई राहतका लागि कुनै कसर बाँकी नराख्ने उद्घोष गर्नु भएको छ । प्रधानमन्त्री देउवाले विहीवार सुदूर तथा मध्यपश्चिमका कैलाली, बर्दिया र बाँकेका विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा राहत वितरणका क्रममा यसक्षेत्रमा आएका बखत उक्त उद्घोष गर्नु भएको हो ।
प्रधामनत्री देउवाले कैलाली, बर्दिया र बाँकेका बाढी प्रभावित एवं डुवान क्षेत्रको हवाई निरीक्षण समेत गर्नु भएको छ । देउवाले टीकापुरस्थित हवाइ मैदानमा ओर्लिएर केयर नेपाल द्धारा संकलित रातहत यस क्षेत्रका बाढी पीडितहरूका लागि सङ्कलित राहत सामाग्री पनि हस्तान्तरण गर्नु भएके थियो ।
करिव तीन मिनेट मात्र बोल्दै राहत सामाग्री हस्तान्तरण गर्नेक्रममा प्रधानमन्त्री देउवाले बाढी पीडितको राहतमा कुनै कमी हुन नदिने आश्वासन दिदैं खाद्यान्न, लत्ताकपडा र त्रिपालको व्यवस्था गरेको बताउनु भयो । उहाले बाढीबाट विस्थापित भएकाहरुलाई त्रिपाल हालेर बस्ने ठाउँ दिइने समेत बताउनु भएको छ । बाढीपीडितको राहत र उद्धारमा सक्रिय सबैलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले बाढी प्रभावितका लागि सहयोग गर्न सबैमा अपिल गर्नु भएके छ ।
कैलाली जिल्लाका डुबान र बाढिबाट प्रभावित क्षेत्रको निरक्षण गर्न पुग्नुभएका प्रधानमन्त्रि देउवा ले टीकापुर नगपालिका र भजनी नगरपालिकाका बाढिपिडीत लाई प्रदान गरेको रातह साम्रागी स्थानिय जनप्रनिधिलाई हस्तान्तरण गरेर १० मिनेट मै एरर्पोर्ट बाटै फिर्ता हुनुभएको हो ।
कार्यक्रममा टीकापुर नगरपालिका ,भजनी नगरपालिका,जानकी गाउपालिका र जोशिपुर गाउपालिका तर्फबाट संयुक्त रुपमा टीकापुर नगरपालिका का मेयर तपेन्द्र रावले माग पत्र र बाढिबाट प्रभावितहरुको वितरण बुझाउनु भएको थियो ।
कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले कैलाली जिल्लामा ३१ सय २३ घरपरिवार स्थिापितभएको र १९५० जनाको उद्धार गरिएको बताउदै उनले प्रधानमन्त्रि समक्ष समग्र कैलाली जिल्लाको स्थितीबारे बिरिफिङ्ग गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  ५ : ०९ बजे